रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले दिइन् राजीनामा

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले दिइन् राजीनामा

काठमाडाैं। रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले दिइन् राजीनामा काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेसका संस्थापक सभापति ममता शर्माले राजीनामा दिएकी छिन्।

“राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नारा भएपनि व्यवहारमा ठीक विपरीत शैली भएको भन्दै उनले रास्वपाको साधारण सदस्यबाट समेत नरहने उनले विज्ञप्तिमार्फत राजीनामा दिएकी हुन्।

उनले विज्ञप्तिमा भनेकी छन्, ‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालिन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरित भएको अनुभव गरेको छु।’

उनले रास्वपामा दिनरात खटिएका क्षेमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाएकी छिन्। उनले मुख्यगरी रास्वपामा आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू भएकोले आफू यी सबै क्रियाकलापहरुको साक्षी बसेर अब मौन रहिरहन नसकेको बताएकी छिन्।

‘मुलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्यहरु माथि आँच आउने परिस्थिति बनेको छस यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु।’ उनले भनेकी छिन्।

बाराकी ममता जसले रास्वपालाई मधेसमा एक एकगरी फूलको माला जस्तै जोडेकी थिइन् भने मधेशमा एकढिक्का बनाएर आठ जिल्लामा चिनाएकी थिइन्। तर पार्टीका पार्टी प्रवक्ता मनिष झा र अमेश सिंहको मिलेमतोमा रविले पैसामा टिक अर्कैलाई टिकट बाँडेपछि उनी असन्तुष्ट भएकी थिइन् । साथै संस्थापक सभापति शर्मालेले टिकट नपाएपछि पार्टीभित्र आन्तरिक विवाद सतहमा देखिएको थियो।

उनले पनि पार्टीका सभापति, प्रवक्ता र उच्च तप्कामा बसेका शीर्ष नेताहरूलाई पटक पटक टिकटमा किन अन्याय भयो भनेर प्रश्न गर्दा उनको प्रश्नलाई पार्टीले बेवास्ता गर्दै आएको थियो।