दमक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दमक १० को ईन्द्रेणी तालमा पुगेर मोटरबोट सयर गरेका छन्।
आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहनु भएका पूर्वप्रधानमन्त्री ओली दमकका विभिन्न टोलमा पुगेर मतदातासँग भेट गर्ने क्रममा दमक १० पुगेका हुन्। त्यस क्रममा उनले अन्य यात्रुहरुसँगै मोटरबोट चढेर तालको अवलोकन गरेका थिए।
त्यस क्रममा महिलाहरु संगठित रहेको बुहारी समुहले भेट्गरि नेकपा एमाले तथा अध्यक्ष ओलीलाई जिताउन क्रियाशील हुने बताएको थियो। दमकको दक्षिणी भेगमा रहेको सो ईन्द्रेणी ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रयास स्वरुप केही समय अघिदेखि सो मोटरबोट सञ्चालनमा आएको हो।
सो वडाले पूर्वतर्फ कमल गाउँपालिका र गौरादह नगरपालिकालाई छोएको छ भने पश्चिमतर्फ मोरङ्को उर्लाबारी र रतुवामाई नगरपालिका पर्दछ।
ओलीकै पहलमा दुवै तर्फ जाने स्थानमा रतुवा र मावा खोलामा पक्कि पुल बनेका छन्। दुवै तर्फका मोटरेवल पुलका कारण सर्वसाधारणको दैनिकी सहज मात्र भएको छैन कृषि उपजको बजारीकरण गर्न, स्वास्थ्य सेवा लिन र स्वरोजगारीका विकल्पहरु पहिचान गर्न पनि सहज भएको छ।