काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेका लागि निर्धारण गरिएको चुनावको माहोल अझै बनिनसकेको प्रतिक्रिया दिएका छन् ।
आइतबार भरतपुर विमानस्थलमा संचारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले चुनावी वातावरणबारे सरकारले अझै धेरै कुरा थाहा पउन बाँकी रहेकोले चुनावी माहोलबारे यसै भन्न सकिने अवस्था नरहेको दाबी गरेका हुन् ।
‘चुनावको वातावरणबारे सरकारले जान्ने कुरा हो । हामीले हेर्दा माहोल अझै बनेको जस्तो देखिँदैन,’ उनले भने, ‘चुनाव हुने भयो भने हामी भाग लिन्छौं। चुनावको वातावरण यसै भन्न सकिन्न अझै पनि ।’
अध्यक्ष ओलीले चुनाव भयो भने आफ्नो पार्टी चुनावमा सहभागी हुने बताए ।