सरकारकाे लक्ष्य भन्दा आधा मात्र राजस्व संकलन

सरकारकाे लक्ष्य भन्दा आधा मात्र राजस्व संकलन

काठमाडौँ :चालु आर्थिक वर्षको सात महिनामा सरकारको लक्ष्य भन्दा आधा कम मात्र राजस्व संकलन गरेको छ। अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको माघसम्ममा ४ खर्व ४७ अर्व रुपैयाँ मात्र राजश्व संकलन गरेको छ।

आयात तथा निर्यातमा कमी आएसँगै भन्सार महसुल संकलनमा भारी गिरावट आएपछि राजस्व संकलनमा असर परेको हो। सात महिना वितीसक्दा पनि कम मात्र संकलन भएपछि सरकारलाई राजश्वको लक्ष्य भेट्टाउन मुस्किल पर्ने देखिएको छ। सरकारले चालु आवका कर राजश्वबाट १० खर्व संकलन गर्ने लक्ष्य राखेको छ।

राजस्वमा भंसार महसुलको योगदान गत वर्षभन्दा २ प्रतिशतले घटेको छ। गत वर्ष यो अवधिमा २० प्रतिशत रहेको भंसार महसुल यो वर्ष १७ प्रतिशतमा सीमित देखिएको छ। गत आवको माघसम्ममा ९१ अर्व १९ करोड भन्सार संकलन भएकोमा चालु आवको माघसम्ममा ८९ अर्व ३९ करोड माघ संकलन गर्न सकेको छ।

चालु आर्थिक वर्षमा सुनको मूल्य उच्च हुँदा सुनको आयातमा भारी गिरावट आइरहेको छ। यसैगरी नेपाल राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाका कारण बैंकहरुको सवारी कर्जामा गिरावट आई सवारीसाधानको आयात पनि घटेको छ।

सरकारले उच्च राजश्व संकलन गर्ने वस्तुहरुको आयातमा कमी आउदा भन्सार महशुलमा असर गरेको छ। राजश्वमा असर परेसँगै सरकारले बजेको मध्यावधि समिक्षामार्फत पेट्रोलियम पदार्थको पूर्वाधार विकास कर बृद्धि गरी