सिन्धुपाल्चोकमा टिप्पर दुर्घटना

सिन्धुपाल्चोकमा टिप्पर दुर्घटना

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको पाचपोखरीमा टिप्पर दुर्घटना भएको छ । आज बिहान जिल्लाको थांपाल गाउँपालिका ७ भोटेनाम्लां फलामे डाँडामा गिट्टी बोकेको टिप्पर दुर्घटना हुँदा टिप्पर चालक घाइते भएका छन् ।

मेलम्चीको तिपेनीबाट नाम्लाकालागि छुटेको बा ५ ख ७२३१ नम्बरको टिपर सडकबाट करिब ८० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधव प्रसाद काफ्लेले जानकारी दिए । घाइते चालकको परिचय नखुलेको प्रहरीले जनाएको छ ।