काठमाडौं। राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेपछि आक्रोश पोखेका छन ।
पूर्वराजा ज्ञानेन्द्र शाह भोलि झापाबाट काठमाडौं आउँदै गर्दा काठमाडौं एयरपोर्टमा स्वागतको लागि अपिल गरिएको अवस्थामा प्रशासनले निषेधाज्ञा लगएको छ । यही सन्दर्भमा उनले उक्त निषेधाज्ञाको विरोध गरेका हुन् ।
फेशबुकमार्फत उनले भनेका छन्–‘जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञा चुनाव विथोलिन नदिन हो कि आफै विथोल्न लागेको हो ? संविधान र संवैधानिक व्यवस्थालाई मनोमानी ढंगले प्रयोग गर्न थालियो भने कसले मान्छ त्यस्ता निषेधाज्ञा ?’ राप्रपा, राजावादीहरुले भोलि नागरिकलाई पूर्वराजाको स्वागतको लागि आह्वान गरेका छन् । कतिपय राजावादी संघ तथा संस्थाले त ज्ञानेन्द्रलाई तेस्रोपटक गद्दीरोहण गराईनुपर्ने मागसमेत राखेका छन् ।