रास्वपा कपिलवस्तुका संगठन प्रमुख भट्टराई पक्राउ

रास्वपा कपिलवस्तुका संगठन प्रमुख भट्टराई पक्राउ

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन्।

प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजात आफ्नो फेसबुकमार्फत् सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

बाणगंगा नगरपालिका-८ धनेषपुर निवासी भट्टराईले गत माघ २६ गते आफ्नो फेसबुक वालबाट ती कागजात सार्बजनिक गरेका थिए।

सामाजिक संजाल फेसबुकमा विभिन्न सामग्री पोष्ट गरेर घृणा र द्वेष फैलाउने कार्य तथा गोपनीयता भंग गरेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भट्टराईमाथि विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रकृया अघि बढाइएको छ।