निर्वाचन नजिकिँदै गर्दा दोलखामा कांग्रेसमा प्रवेश गर्नेको लहर बढ्दै

निर्वाचन नजिकिँदै गर्दा दोलखामा कांग्रेसमा प्रवेश गर्नेको लहर बढ्दै

चरीकोट। आगामी निर्वाचनको पूर्वसन्ध्यामा दोलखामा राजनीतिक सरगर्मी बढ्दै जाँदा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ। यसै क्रममा दोलखा बिगु-२ का महेश्वर आचार्यको नेतृत्वमा एक समूह नेपाली कांग्रेसमा प्रवेश गरेको छ।

पार्टी प्रवेश गर्नेहरूलाई नेपाली कांग्रेस दोलखाका प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार अजयबाबु शिवाकोटी र जिल्लाका पार्टी सभापति वर्मा लामाले अबिर लगाएर सोमबार स्वागत गरे । नेताद्वयले नयाँ सदस्यहरूलाई पार्टीको सिद्धान्त र आगामी योजनाका बारेमा जानकारी गराउँदै संगठन विस्तारमा लाग्न आग्रह गरे ।

पार्टी प्रवेश गर्नेहरूमा विगु-२ का तुङ्गबहादुर आचार्य, उमा आचार्य, बलेकुमारी आचार्य, बुद्धबहादुर तामाङ, रीकुमारी आचार्य, मनिषाआचार्य, पर्मिला मगर र वेतनप्रसाद शिवाकोटी रहेका छन्।

यसैगरी गौरीशंकर-८ बाट सिङमान तामाङ र चटक तामाङ तथा कालिन्चोक-५ बाट हिरा थामी पनि नेपाली कांग्रेसमा आबद्ध भएका छन् ।

नवप्रवेशीहरूले कांग्रेसको नेतृत्व र विकासप्रतिको स्पष्ट भिजनबाट प्रभावित भएर आफूहरूले पार्टी परिवर्तन गरेको बताए । दोलखाको समग्र विकास र लोकतन्त्रको रक्षाका लागि अजयबाबु शिवाकोटी जस्ता युवा नेतृत्वको आवश्यकता महसुस गर्दै यो निर्णय लिएको उनीहरूको भनाइ छ।

निर्वाचनको मिति नजिकिँदै गर्दा दोलखाका विभिन्न गाउँ र टोलहरूमा पार्टी प्रवेश गर्ने र सांगठनिक छलफल गर्ने क्रमले निकै तीव्रता पाएको छ।