उज्यालो नेपाल पार्टीले भन्यो : काठमाडौं १ मा मंगलाल श्रेष्ठको जित निश्चित छ

उज्यालो नेपाल पार्टीले भन्यो : काठमाडौं १ मा मंगलाल श्रेष्ठको जित निश्चित छ

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो पार्टीका उम्मेदवार मंगलाल श्रेष्ठको जित सुनिश्चित रहेको उज्यालो नेपाल पार्टीले दाबी गरेको छ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो अभियानका क्रममा उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा सदस्यमा इन्जिनियरसमेत रहेका श्रेष्ठको जित सुनिश्चित रहेको बताएको हो।

श्रेष्ठले लामो समय इन्जिनियरिङ क्षेत्रमा योगदान पु¥याएका छन्। उनले ३० वर्षभन्दा बढी समय इन्जिनियरिङ तथा सामाजिक क्षेत्रमा व्यतित गरेका छन्। श्रेष्ठले आफू सुशासन, समृद्धि, सामाजिक न्याय र दिगो विकासको एजेन्डासहित चुनावी मैदानमा होमिएको बताएका छन्।

‘अहिले नेपाली राजनीतिले परिवर्तन खोजेको छ। योजना भएको युवा नेतृत्व अहिलेको आवस्यकता हो। म अरुको आलोचना भन्दा पनि योजना बोकेर जनताको घरदैलोमा आएको छु। तपाईंहरूको अमुल्य मत पाउनेमा म विश्वस्त छु, उनले भने।

उज्यालो नेपाल पार्टीले काठमाडौं–१ मा नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्दै जनताको विश्वास जित्ने दाबी गरेको छ।