सुुनको भाउ घट्ने क्रममा, तोलामा रु १५०० ले घट्यो

काठमाडौं : गत शुक्रबार एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेको सुनको भाउ आज पनि घटेको छ । शुक्रबार ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आजपनि तोलामा १ हजार ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज छापावाल सुनको भाउ प्रतितोला ७७ हजार तथा तेजावी सुन ७६ हजार ७ सय रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासङ्घले जनाएको छ।

यस्तै, आज सुनसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।