काठमाडौं । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष तहका नेतालाई जिताउन केही निर्वाचन क्षेत्रमा सहकार्यको गृहकार्य भइरहेको छ । केही दलका बीचमा घोषित रुपमै गठबन्धनको तयारी हुँदै गर्दा केही सिटमा अघोषित सहकार्य गर्ने विषयमा छलफल भइरहेको छ । उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् ।
मतदाताका बीचमा पुग्ने र मत माग्ने कामले तिब्रता पाउँदा चुनावी सरगर्मी बढेको छ । बिभिन्न क्षेत्रमा उम्मेदवारी दिएका केही शीर्षत नेताहरू नै पराजित हुने चिन्ता र चासो बढेको छ । शीर्ष तहका नेताहरू नै निर्वाचनमा पराजित हुने आशंकाबीच सहकार्य गर्ने आन्तरिक गृहकार्य विषयमा छलफल सुरु भएको हो । विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति भएका गगनकुमार थापा सर्लाही–४ बाट उम्मेदवार छन् ।
काठमाडौं–४ बाट गत निर्वाचनमा बिजयी थापा ठुलो जोखिम मोलेर सर्लाही–४ बाट उम्मेदवारी दिए । २०७९ सालको निर्वाचनमा सर्लाही–४ बाट बिजयी भएका स्वतन्त्र सांसद अमरेशकुमार सिंह यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका छन् । २०७९ सालको निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिइ बिजयी भएका सिंहले यो निर्वाचनमा कडा टकर दिएका छन् ।
झापा–५ बाट उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका वरिष्ठ नेता बालेन शाहले चुनौती दिएका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा गरेर रास्वपाबाट शाहले झापा–५ बाट उम्मेदवारी दिएका छन् ।
विगतमा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)संग अघोषित र अन्य दलहरूसंग घोषित गठबन्धन गर्दै झापा–५ बाट बिजयी भएका थिए । यसपटकको निर्वाचनमा पनि ओलीले जसरी पनि बिजयी हुन घोषित र अघोषित गठबन्धनको प्रयास गर्दैछन् ।
स्रोतका अनुसार झापा–५ मा कांग्रेसले सघाउने र सर्लाही–४ मा एमालेले कांग्रेसलाई सघाउने विषयमा ‘मोटामोटी सहमति’ भएको छ। शेरबहादुर देउवालाई विशेष महाधिवेशन गर्दै सभापति हटाएर आफै सभापति भएका थापा निर्वाचनमा कसरी बिजयी हुने भन्ने विषयमा छलफलमा छन्।
रास्वपाका उम्मेदवार शाह चुनौती बन्दै गएपछि ओलीले नेकपा र राप्रपासंगसमेत यो क्षेत्रमा सहकायृको प्रस्ताव गरेका छन् । बदलामा झापा–३ मा रापूपा अध्यष राजेन्द्र लिङदेन र रौतहट–१ मा नेकपाका उपसंयोजक माधव नपाललाई सघाउन एमालेको प्रस्ताव छ । यो प्रस्तावमा राप्रपा, नेकपालगायतका दल पनिसकारकात्मक रहेको र चुनावका सम्मुखमा औपचारिक रूपमा सहमति गर्ने दलहरूको तयारी छ।
नेता नेपालले पनि केही निर्वाचन क्षेत्रमा तालमेल गर्न जोडवल गरिरहेका छन् । प्रचण्ड र नेपाललाई बिजयी गराउन एमालेका उम्मेदवारलाई डमी बनाउने र उता ओलीलाई बिजयी बनाउने नेकपाले आफ्ना उम्मेदवारलाई डमी बनाउने विषयमा समेत छलफल चलिरहेको छ। यसैगरी सर्लाही–३ बाट उम्मेदवारी दिएका नेकपाका नेता नारायणकाजी श्रेष्ठलाई समेत बिजयी गराउने विषयमा छलफल जारी छ ।