रवि लामिछाने डिस्चार्ज

रवि लामिछाने डिस्चार्ज

काठमाडौं। ‘सेलुलाइटिस’ को उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने डिस्चार्ज भएका छन्।

अस्पतालमा भेटघाट गर्ने मानिसहरुको भीड लागेपछि लामिछानेले घरमै आराम गर्ने भन्दै डिस्चार्ज भएका हुन्। उनको स्वास्थ्य अवस्थामा पनि सुधार हुँदै गएको अस्पतालले बताएको छ।

गत माघ ५ गते पार्टीको कार्यक्रममा सहभागी हुने क्रममा उनको देब्रे खुट्टामा चोट लागेको थियो। उक्त चोटका कारण दुखाइ नरोकिएको र घाउ सुन्निँदै गएपछि उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।

लामिछानेलाई नसामार्फत तीनवटा एन्टिबायोटिक औषधि दिइएको अस्तालले बताएको छ ।