काठमाडौं। मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको जापान भ्रमण स्व्किृत गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
राष्ट्रपति पौडेल यही माघ १७ गते जापान भ्रमणमा जाने तय भएको छ । नेपाल–जापान कुटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठ मनाउनको लागि राष्ट्रपति पौडेल जान लागेका हुन् । कार्यक्रम भने माघ १८ देखि २१ गतेसम्म आयोजना हुँदैछ ।