प्रदीप यादवसहित ८ जना जसपा नेपालबाट निष्कासित

प्रदीप यादवसहित ८ जना जसपा नेपालबाट निष्कासित

काठमाडौं। जनता समाजवादी पार्टी नेपालले पूर्वमन्त्री प्रदीप यादवसहित विभिन्न ८ जना नेताहरुलाई कारबाही गरेको छ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ जनता पार्टीको नीति तथा निर्णयविपरीत पार्टीको आधिकारिक उम्मेदवारहरूको विरुद्ध, उम्मेदवारी दिने तथा पार्टीको हित, पार्टी अनुशासन र विधानविपरित कार्य गरेकोले आजको मितिबाट लागु हुनेगरि पार्टीबाट निष्काशन गरिएको जसपा नेपालको भनाइ छ।

कारबाही गरेका नेताहरुमा प्रदीप यादव, चन्दन कुमार सिंह, आत्माराम साह, कमरुल्लाह अन्सारी, उदयकान्त मिश्र, हरिनारायण यादव, नवल किशोर सिंह, डा. शिवजी यादव रहेका छन्।

कारबाहीको पत्रमा भने अध्यक्ष उपेन्द्र यादव र संरक्षक महन्थ ठाकुरको संयुक्त हस्ताक्षर रहेको छ।