राष्ट्रियसभामा रामकुमारी झाँक्री विजयी

राष्ट्रियसभामा रामकुमारी झाँक्री विजयी

काठमाडौं। एमाले नेतृ रामकुमारी झाँक्री राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचित भएकी छन्। लुम्बिनी प्रदेशस्थित राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यालयले जनाएअनुसार ६३०३ मतभारका साथ झाँक्री निर्वाचित भएकी हुन्।

लुम्बिनी प्रदेशमा २८६ मतदाता मतदानमा सरिक थिए । त्यसमध्ये प्रदेशसभा सदस्य ७८ र स्थानीय तहका प्रमुख एवं उपप्रमुख २०८ जना थिए।