राष्ट्रिय सभामा कोशीबाट एमालेकी मेचे निर्वाचित

राष्ट्रिय सभामा कोशीबाट एमालेकी मेचे निर्वाचित

काठमाडौं। राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रोशनी मेचे निर्वाचित भएकी छन्। उनी कोशी प्रदेशमा महिलातर्फको क्लष्टरबाट निर्वाचित भएकी हुन्।

राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको थियो। दलिततर्फको मत गणना जारी रहेको बताइएको छ। अन्यतर्फका सुनिल थापा भने निर्विरोध निर्वाचित भएका थिए।

मेचे नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी, जनजाति महासंघको केन्द्रीय कमिटी सदस्यस हुन् । मेचेले एमाले अध्यक्ष तथा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा रहेर काम गरेकी थिइन्।