माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै परेको उजुरी दरपीठ

माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै परेको उजुरी दरपीठ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रौतहट क्षेत्र न. १ बाट उम्मेदवारी दिएका नेपालविरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको हो ।

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार रामनरेश राय यादवले उजुरी दिएका हुन् । स्वतन्त्र उम्मेदवार रायले नेता नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका थिए । तर, उनको उजुरी भने दरपीठ भएको छ ।

भ्रष्टाचार मुद्दाका आरोपित रहेको भन्दै नेता नेपालको उम्मेदवारी खारेज गर्नका लागि रायले उजुरी दिएका थिए । पूर्व प्रधानमन्त्री नेपाल अहिले दोषी प्रमाणित भइनसकेको हुँदा उजुरी दरपीठ गरिएको निर्वाचन आयोगको कार्यालयले बताएको छ ।