देउवा चुनाव नलड्ने

देउवा चुनाव नलड्ने

काठमाडौं। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन्। देउवाको निजी सचिवालयले उनी उमेदवार नबन्ने जानकारी गराएको हो।

‘शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उमेदवार नहुने जानकारी गराउँछु,’ देउवाका स्वकीय सचिव भानु देउवाले भनेका छन्।

२०४८ सालदेखि डडेल्धुराबाट उम्मेदवार बन्दै आएका र सधैं जित्दै आएका देउवालाई अब निर्वाचन नलड्न सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अनुरोध गरेका थिए।

तर, देउवाले भने अन्तिम पटक चुनाव लड्ने बताएका थिए। नयाँ कार्यसमिति अमान्रे भन्दै देउवा समूहले अदालतमा रिट दायर गरेको छ। उम्मेदवारी दर्ता हुनु अघि देउवाले उम्मेदवार नहुने बताएका हुन्।

यसैबीच नेपाली कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य डा.आरजु राणालाई प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार नबनाउने भएको छ।

कैलाली क्षेत्र नम्बर ५ बाट डा.राणाको नाम सिफारिस भएको थियो । कांग्रेसले कैलाली ५ मा नरनारायण शाहलाई उम्मेदवार बनाएको छ।

कांग्रेसले कैलाली ५ बाट शाहसहित डा.राणा, डिल्लीराम पन्त र नृपबहादुर ओड सिफारिस भएका थिए।

सभापति गगनकुमार थापाले सबै उम्मेदवारलाई ब्याक राखेर शाहलाई टिकट दिएका हुन्।