काठमाडौं। पार्टीको आधिकारिकतालाई लिएर नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई मान्यता दिएसँग देउवा समूह सर्वोच्च पुगेको हो ।
देउवा समूहले सर्वोच्चमा दायर गरेको रिट हाल अध्ययनको क्रममा रहेको बताइएको छ । दर्ता प्रक्रिया सकिएपछि पेशीको टुङ्गो लाग्नेछ ।
आयोगको निर्णय खारेज गरी देउवा सभापति भएको समिति नै आधिकारिक भएको दाबीसहित रिट पेश गरेको बताइएको छ ।