फुटपछिको कांग्रेसः शेरबहादुरका ६ विकल्प, गगनका ५ अवसर

फुटपछिको कांग्रेसः शेरबहादुरका ६ विकल्प, गगनका ५ अवसर

काठमाडौं । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस इतिहासकै कठिन मोडमा पुगेको छ । सात दशक लामो इतिहास बोकेको कांग्रेस निर्वाचनअघि विभाजित भएको छ । विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति भए । नयाँ नेतृत्व चयन गर्दै सम्पन्न विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूह सहभागी भएको थिएन ।

विवाद निर्वाचन आयोगमा पुगेपछि शुक्रबार आयोगले थापा नेतृत्वको नवनिर्वाचित केन्द्रीय समितिलाई आधिकारिक कांगे्रस भएको ठहर ग¥यो । निर्वाचन आयोगको यस्तो निर्णयपछि देउवा–खड्का समूह सर्वोच्च अदालत जाने निष्कर्षमा पुगेको छ । कार्यवाहक सभापति खड्काले आफूहरू नै आधिकारिक कांग्रेस भएको प्रमाण लिन अब सडक र अदालत जाने निर्णयमा पुगेको बताएका छन् ।

शुक्रबार थापा नेतृत्वको कांगे्रसलाई आधिकारिकता दिएपछि शनिबार गम्भीर छलफल गरेको देउवा–खड्का समूह आइतबार अदालत जाँदैछ । सोमबार सोनम ल्होसारको सार्वजनिक बिदा छ । मंगलबार (६ माघ) मा प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । देउवा–खड्का समूह अदालत जाने दिन नै अदालतबाट कुनै निर्णय पाउने सम्भावना छैन । राजनीतिक उतरार्धमा देउवा कठिन मोडमा पुगेका छन् ।

५ पटक प्रधानमन्त्री, ७ पटक सांसद भएका देउवाले आगामी बैशाखमा पार्टीको १५औं नियमित महाधिवेशन गरेर राजनीतिबाट विश्राम लिने घोषणा गरिसकेका थिए । तर जेनजी आन्दोलनपछि पार्टीमा बैशाखसम्म कुर्ने मुडमा नेता कार्यकर्ता थिएनन् । २१ फागुनको निर्वाचनमा देउवाकै हस्ताक्षरमा चुनावमा टिकट लिएर उम्मेदवार नहुने अडानसहित विशेष महाधिवेशनबाट ‘अपमानजनक’ देउवाको बहिर्गमन भएको छ ।

देउवा खड्का निकट नेताहरू अपमानजनक देउवाको बहिर्गमन भएको भन्दै त्यसलाई स्वीकार नगरिने भन्दै आक्रोशित छन् । राजनीतिका ‘चतुर’ खेलाडी देउवा पक्षसँग अब र ाजनीतिक रूपमा ६ विकल्प बाँकी देखिन्छ ।

देउवाका विकल्प
१. निर्वाचन बहिष्कार गर्ने
२. स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा जाने
३. ‘डमी’ दलसँग सहकार्य गर्ने
४. मनोनयन सार्न दबाब दिने
५. गगनसामु आत्मसमर्पण
६. चुपचाप बस्ने, रमिते हेर्ने, देखाउने

गगनका अवसर
१. पुस्तान्तरण र हस्तान्तरणको जस लिने
२. प्रधानमन्त्रीमा पहिलो पटक पुस्तान्तरणको एजेन्डा
३. युवा ‘सेन्टिमेन्ट’ बोक्ने अवसर
४. एकल वर्चस्व र शक्ति परीक्षणको अवसर
५. गुटगत स्वार्थको अन्त्य गर्ने

निर्वाचन बहिष्कार गर्ने
देउवा अहिले पार्टीविहीन भएका छन् । देउवाको हस्ताक्षरबाट टिकट बाँड्ने तयारी तीव्र रूपमा चल्दै थियो । तर उम्मेदवारी दर्ता गराउने ३ दिनअघि नै देउवा पूर्वसभापतिको हैसियतमा पुगेका छन् । देउवाका लागि पहिलो विकल्प भनेको निर्वाचन बहिष्कार हुनसक्छ ।

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा सहभागी हुने
देउवा पार्टीविहीन भएपछि २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा सहभागी हुन सक्ने दोस्रो विकल्प छ । देउवा–खड्का समूहका कांग्रेस नेताहरूलाई स्वतन्त्र उम्मेदवारी दर्ता गराउँदै निर्वाचनमा सहभागी हुने विकल्प रहेको छ । पार्टी आधिकारिकताको खोजीमा रहेका नेताले निर्वाचनको बहिष्कार भन्दा स्वतन्त्र उम्मेदवारी दिँदै निर्वाचनमा सहभागी हुनु नै लोकतान्त्रिक छ ।

‘डमी’ दलसँग सहकार्य
निर्वाचन बहिष्कार गर्नु र स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा सहभागी हुने अवसरका साथै देउवा–खड्का समूहले निर्वाचन आयोगमा दर्ता भएको कुनै ‘डमी’ दलसँग सहकार्य गर्दै समानुपातिक मतका साथै प्रत्यक्षतर्फका उम्मेदवारलाई विजयी गराउन सक्ने छन् । आङ्खना समानुपातिकतर्फको मत खेर जान नदिन र आगामी दिनमा कांग्रेससँगै एकता गर्न सजिलो हुने गरी अघि बढ्न कुनै दलसँग सहकार्य गर्दा देउवा–खड्का समूहका लागि तेस्रो विकल्प हुन सक्छ ।

मनोनयन सार्न दबाब दिने
देउवा–खड्का समूहका लागि चौथो विकल्प भनेको निर्वाचन आयोगलाई उम्मेदवारी दर्ताको समय र दिन सार्न दबाब दिने पनि हुनसक्छ । सडक र अदालतबाट आधिकारिकताका लागि संघर्ष गर्ने निष्कर्षमा पुगेको देउवा–खड्का कांग्रेसले अदालतको निर्णय आउँदासम्म मनोनयनका लागि तोकिएको समय सार्न दबाब दिनसक्ने विकल्प पनि छ ।

गगनसामु आत्मसमर्पण
विशेष महाधिवेशनबाट गगन समूह नेतृत्वमा आएपछि आयोगले आधिकारिकता दिइसकेको छ । अब देउवा–खड्का कांगे्रसका नेताका लागि पाँचौ ं विकल्प भनेको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचन गगनसामु आत्मसमर्पण गर्नु पाँचौं विकल्प हो । गगनसामु आत्मसमर्पण गर्दै गगनले दिएको ‘खाने’ र चुप लागेर निर्णय कार्यान्वयन गर्ने निर्णय गर्न भने देउवालाई नैतिक रूपले अप्ठ्यारो छ । विघटित केन्द्रीय समितिमा देउवा–खड्काको बहुमत छ । तर बहुमत महाधिवेशन प्रतिनिधि गगन कांग्रेससँग छ । तर गगन पक्ष संस्थापन भएसँगै शेखर कोइराला पक्षीयदेखि मध्यमार्गी देखिएका अधिकांश केन्द्रीय सदस्य थापा क्याम्पमा सर्दैछन् ।

चुपचाप बस्ने : रमिते हेर्ने, देखाउने
देउवा–खड्का कांगे्रसका लागि छैटौ ं विकल्प ‘चुपचाप’ बस्ने, रमिता हेर्ने र रमिता देखाउने पनि हुनसक्छ । निर्वाचनमा गगनले आफूलाई सहयोग गर्नेलाई पहिलो प्राथमिकता राख्दै टिकट वितरण गर्ने रणनीति लिएको उनी निकटहरू बताउँछन् ।

प्रधानमन्त्रीमा पहिलो पटक पुस्तान्तरणको एजेन्डा
निर्वाचनमा प्रधानमन्त्रीमा पहिलो पटक पुस्तान्तरणको एजेन्डा स्थापित गर्ने अवसर गगन कांगे्रसको छ । विगतमा उठाउँदै आएको यो मुद्दा अब पटक पटक प्रधानमन्त्री भएकै नेतालाई नभई नयाँ र दोस्रो पुस्ताका नेतालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा सहभागी हुने अवसर आएको छ । सभापति गगनलाई नै आगामी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सार्दै निर्वाचनमा होमिन सक्छ ।

युवा ‘सेन्टिमेन्ट’ बोक्ने अवसर
गगन कांगे्रसले ‘बुढापाका’ नेतालाई सल्लाहकार बनाउने र युवा पुस्ताले पार्टी चलाउनेगरी देशैभरि प्रचारप्रसारमा जुटेर युवाहरूको ‘सेन्टिमेन्ट’ आङ्खनोतिर तान्न सक्छ । गगनलाई नै आगामी प्रधानमन्त्रीको घोषणासहित निर्वाचनमा सहभागी हुनसक्ने अवसर आधिकारिक कांग्रेसलाई छ ।

एकल वर्चस्व र शक्ति परीक्षणको अवसर
आधिकारिक कांग्रेससँग देशैभर एकल वर्चस्व र शक्ति परीक्षण गर्ने अर्को अवसर छ । कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने र कुनै पनि कांगे्रसीले अन्य दललाई मतदान नगर्ने अडान विगतमा लिँदै आएका सभापति गगनले आङ्खनो शक्ति परीक्षण गर्ने अवसर पनि छ ।

गुटगत स्वार्थको अन्त्य गर्ने
सभापति गगनलाई पार्टीभित्र चल्दै आएको ६०–४० को भागबन्डाको अन्त्य गर्दै गुटगत स्वार्थको अन्त्य गर्ने अर्को अवसर छ । कांगे्रसमा विगतदेखि चल्दै आएको गुटगत अवसर अब वितरण नगरी सबैलाई मिलाएर अघि बढाए एकीकृत कांगे्रसकै सभापति हुने अवसर पनि रहेको छ ।

विशेष महाधिवेशन अघि देउवा–खड्का समूहतर्फ खुलेका पार्टीका नेता डा. शेखर कोइराला समूह चार तारा र रुख पाएका गगनतर्फ खुलेका छन् । देउवा–खड्का समूहमा रहेका अन्य कांगे्रसीलाई समेत आधिकारिक कांगे्रसतर्फ कसरी ल्याउनेबाटै गगनको वास्तविक नेतृत्व पहिचान हुन्छ ।

पुस्तान्तरण र हस्तान्तरणको जस लिने
निर्वाचन आयोगबाट वैधता पाएको गगन थापा सभापति रहेको कांगे्रसले उठाउँदै आएको मुद्दा पुस्तान्तरण र नेतृत्व हस्तान्तरण हो । थापा नेतृत्वमा आएपछि त्यसको जस लिँदै पार्टीलाई बलियो बनाउँदै देशैभरि प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन् । तर कांगे्रस स्पष्ट रूपमा दुई समूहमा विभाजित भएपछि गगनका लागि पार्टीलाई एकढिक्का कसरी बनाउने भन्ने चुनौती छ । दुई समूहमा विभाजित कांगे्रसलाई एकढिक्का नबनाई निर्वाचनमा प्रभावकारी परिणाम निकाल्न नसक्ने चुनौती गगनको आगामी कार्यशैलीले देखाउने छ ।

तालमेल नगर्ने निर्णय
नेपाली कांगे्रसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय गरेको छ । विशेष महाधिवेशनमार्फत चयन भएको गगनकुमार थापा नेतृत्वको केन्द्रीय समितिलाई निर्वाचन आयोगले वैधता दिएपछि बसेको बैठकले चुनावी तालमेल नगर्ने निर्णय गरेको हो ।

सभापति थापाको अध्यक्षतामा बसेको बैठकले विशेष महाधिवेशनप्रति असन्तुष्ट शेरबहादुर देउवा नेतृत्वको समूहलाई एकताबद्ध भएर कांगे्रसको झन्डा र चुनाव चिन्हमा गोलबन्द हुन पनि आह्वान गरेको छ । आयोगबाट आधिकारिकता पाएलगत्तै कांगे्रसले प्रतिनिधिसभा समानुपातिक उम्मेदवारहरूको बन्दसूचीको स्वामित्व ग्रहण गर्ने निर्णय गर्दै प्रत्यक्षतर्फका उम्मेदवारहरू तय गर्न संसदीय बोर्ड गठन गरेको छ ।

शनिबारबाटै बोर्डले उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ । बोर्ड बैठकले असन्तुष्ट पक्षका नेतासमेतलाई उम्मेदवार बनाएर लैजाने सहमति गर्दै संवाद गर्ने निर्णय गरेको छ । बैठकले आधिकारिकता दिएकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएको छ भने देउवालाई हालसम्मको नेतृत्वका लागि आभार व्यक्त गर्ने निर्णय गरेको छ ।

‘यो समय एकता, सद्भाव र सहकार्यको समय हो । देश विदेशमा रहेका सबै काग्र ेसजन, सबै तहका समिति र सबै भ्रातृ तथा शुभेच्छुक संस्थाका साथीहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ २१ फागुनको निर्वाचनमा सशक्त रूपमा सहभागी हुन हार्दिक आह्वान गरिन्छ,’ बैठकको निर्णयमा भनिएको छ ।

राजधानी दैनिकबाट