नाराणकाजी श्रेष्ठ सर्लाही-३ बाट चुनाव लड्ने

नाराणकाजी श्रेष्ठ सर्लाही-३ बाट चुनाव लड्ने

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ मधेश प्रदेशबाट प्रतिनिधिसभाको निर्वाचन लड्ने पक्का भएको छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले श्रेष्ठलाई सर्लाही ३ बाट उम्मेदवार बनाउने निधो गरेका छन् । श्रेष्ठको नाम सर्लाहीबाट पनि सिफारिश भएको थियो । सर्लाही-३ मा हरिवन र बागमती नगरपालिका छन् ।

दुवै नगरपालिका माओवादी केन्द्रले जितेको हो । यो क्षेत्र माओवादीको लागि बलियो मानिएको छ । श्रेष्ठ एकता केन्द्रको नेता हुँदापनि सर्लाही आवातजावत गरिरहन्थे । यो बीचमा नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्नको लागि पनि श्रेष्ठ नै सर्लाही पुगेका थिए ।