काठमाडौं, ३ माघ । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग एकता गरेपछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा नगई केही समय निष्क्रिय बसेका प्रेम आले अन्ततः नेकपामा नै प्रवेश गरेका छन् ।
नेकपा प्रवेशसँगै आलेलाई २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा कैलाली-५ बाट टिकट दिईएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले आज आलेलाई टिकट दिएका हुन् ।
यसअघि आले डोटीबाट चुनाव जित्दै आएका थिए । उनी लगातार तीन पटक विजयी भएका थिए ।