काठमाडौं । नेपाली कांग्रेसले कुनै पनि किसिमको अप्राकृतिक र सत्ताकेन्द्रीत गठबन्धन नगर्ने निर्णय गरेको छ ।
शनिबार बसेको केन्द्रीय समिति बैठकले कुनै पनि किसिमको चुनावी गठबन्धन नगर्ने र सँधै मूल्य र सिदान्तमा अडिक रहने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उनले भने,‘कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रीत गठबन्धन हामी गर्नेवाला छैनौं भन्ने प्रतिबद्धता फेरी पनि हामीले गरेका छौं । हामी सँधै मूल्य र सिदान्तमा अडिक रहने छौं । संविधानको रक्षा गर्दै,नव युवाको आंक्षाको प्रतिनिधित्व गर्दै जनताको अपेक्षा पूरा गर्ने दृढता व्यक्त गर्ने निर्णय गरेका छौं ।’
उनले एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन देशभरका नेता कार्यकर्तालाई अपिल गर्ने निर्णय भएको पनि जानकारी दिए । उनको अनुसार बैठकले देश र विदेशमा रहेका सबै कांग्रेसजनहरुलाई फागुन २१ गतेको निर्वाचनमा सरिक हुन र सक्रियतापूर्वक लाग्न आव्हान गरेको छ ।
निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई पुराएको योगदान उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय समेत गरेको उनले बताए ।