२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता

२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता

काठमाडाैं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालले प्रस्तुत गरेका २७ बुँदे माग तथा सवालका विषयमा नेपाल सरकार र महाभियानबीच सम्झौता भएको छ।

सिंहदरबारमा आयोजित वार्तामा बुधबार सरकारका तर्फबाट वार्ता समितिका संयोजक तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाद प्रसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले बताए। 

सम्झौतामा महाभियानले उठाएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक अधिकारसँग सम्बन्धित मागलाई चरणबद्ध रूपमा सम्बोधन गर्ने सहमति उल्लेख गरिएको छ । दुवै पक्षले आपसी संवाद र सहकार्यका माध्यमबाट समाधान खोज्ने प्रतिबद्धता जनाएका छन्।