लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

काठमाडौं : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सोमबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।

यो वर्ष समानताको पुस्ता : बलात्कारविरुद्ध ऐक्यबद्धता भन्ने नाराका साथ मनाउन लागिएको अभियान देशभर नै सञ्चालन गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।