रविविरुद्धको आरोपपत्र संशोधन स्विकृती दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन पेस

रविविरुद्धको आरोपपत्र संशोधन स्विकृती दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन पेस

काठमाडौं। रवि लामिछाने विरुद्धको आरोपपत्र संशोधनका लागि स्विकृति दिने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ। युवराज पौडेलले महान्यायाधिवक्ताको निर्णय संविधान र कानून विपरीत भएको दावी सहित त्यसको बदरको माग गर्दै निवेदन पेश गरेका हुन्।

सर्वोच्च अदालतको मुद्दा महाशाखामा पेश भएको रिट निवेदन कर्मचारीहरुले अध्ययन गरिरहेका छन्। पौडेलले मुद्दा फिर्ता हुनसक्ने जोखिम पनि रहेको भन्दै कामकारवाही अघि नबढाउन अन्तरिम आदेश पनि माग गरेका छन्।