काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका बहुमत केन्द्रीय सदस्य निर्वाचन आयोग पुगेका छन्।
देउवा नेतृत्वको कार्य समिति नै आधिकारिक भएको दाबीसहित उनीहरू स-शरीर आयोगमा उपस्थित भएका हुन्। कावा सभापति खड्का, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू, नेता शेखर कोइराला लगायतका नेता कार्यकर्ता अहिले आयोगमा छन्।
विशेष महाधिवेशन आव्हान नगरिएको र गगन-विश्वको नेतृत्वमा बनाइएको कार्यसमिति अवैध भएको आयोगलाई जानकारी गराउन आफूहरू आएको एक नेताले बताए।