फरमूल्लाह मन्सुर उपसभापतिमा सर्वसम्मत

फरमूल्लाह मन्सुर उपसभापतिमा सर्वसम्मत

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनले सर्वसम्मतिमा नेतृत्व चयन गर्ने भएको छ । महाधिवेशनले पार्टीको उपसभापतिमा फरमूल्लाह मन्सुरको नाम टुङ्गो लगाएको छ ।

निर्वाचन समितिका एक अधिकारीले बताएअनुसार सर्वसम्मतिमा नेतृत्व चयन गर्ने जिम्मा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई दिइएको छ । उनले कांग्रेसको विधानमा दुई जना उपसभापतिको व्यवस्था रहेको र सोमध्य एक जनाको नाम टुङ्गो लागेको बताए ।

यसअघि पार्टीको १४औं महाधिवेशनबाट मनसुर सहमहामन्त्रीमा निर्वाचित भएका थिए ।