कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी

कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी

काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन्। निर्वाचन समिति स्रोतका अनुसार आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा कांग्रेस नेता शर्मा र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका हुन्।

सभापतिमा भने गगन थापाको मात्रै एकल उम्मेदवारी परेको छ। बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र शर्माले वार्ता गरेका थिए। तर वार्ता सफल भएन।

वार्ता सफल नभएपछि दुई महामन्त्री थापा र शर्मा कानुन विद्हरूसँगको परामर्शमा छन्। निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ।