कांग्रेस विशेष महाधिवेशनः नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित

कांग्रेस विशेष महाधिवेशनः नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित

काठमाडौं। नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज (मंगलबार) मतदान नहुने भएको छ । निर्वाचन समितिले आज बेलुका ९ बजेदेखि मतदान सुरु हुनेगरी कार्यतालिका सार्वजनिक गरेकोमा आजको लागि स्थगित गरिएको हो ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले आज साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको बताए । उम्मेदवारी दर्ताको लागि भने अब समय थप नगरिने उनको भनाइ छ ।

त्यसपछि बाँकी कार्यक्रम स्थगित गरी भोलि (बुधबार) विहानबाट निर्वाचनअन्तर्गतका बाँकी कामहरु सुरु गरिने बताइएको छ । गत पुस २७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन जारी रहेको छ ।