काठमाडौं । अघिल्लो स्थानीय निर्वाचनमा मेयर पदमा उम्मेदवार भएका र प्रतिनिधि सभामा काठमाडौं ८ मा दोस्रो भएका सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीमा मिल्ने भएका छन् ।
प्रतिनिधि सभा निर्वाचनके केही समयअघि उनी नेकपामा जान लागेका हुन् । सायमी यस पटक पनि काठमाडौं ८ बाटै उम्मेदवार बन्ने तयारीमा छन् । अघिल्लो निर्वाचनमा उनी दोस्रो भएका थिए । काठमाडौं ८ बाट रास्वपाका विराजभक्त श्रेष्ठले चुनाब जितेका थिए ।
अघिल्लो प्रतिनिधि सभामा सायमी हाम्रो नेपाली पार्टीबाट चुनाब लडेका थिए । उनको चुनाब चिन्ह लौरो थियो । लौरो चुनाब चिन्हबाटै काठमाडौंका मेयर बालेन शाहले चुनाब जितेका थिए ।
बालेनले लौरोबाट चुनाब जितेपछि त्यही चिन्ह राखेर हाम्रो नेपाली पार्टी गठन भएको थियो । सायमी र नेकपाबीच एकताको कार्यक्रम बुधबार राष्ट्रिय सभा गृहमा राखिएको बताइएको छ ।