कैलालीमा बसको ठक्करबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

कैलालीमा बसको ठक्करबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

कैलालीः कैलालीको पहलमानपुरमा बसको ठक्करबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । आइतबार साँझ महेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख १७३२ नम्बरको बसले घोडाघोडी नगरपालिका १० पहलमानुरमा से ३ प ६३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप एकको उपचारका क्रममा मृत्यु भएको हो।  

ठक्करबाट पहलमानपुरका रामबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको हो। घाइते चौधरीको प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। पीडितले शव नउठाउँदा राजमार्ग अवरुद्ध समेत भएको छ।