काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको अद्यावधिक नामावली आज बिहान निर्वाचन आयोगमा बुझाएको छ ।
आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूची आज बिहान निर्वाचन आयोगमा बुझाइएको प्रवक्ता मनिष झाले बताए। उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि सूची बुझाइएको हो ।
पार्टीका अनुसार निर्वाचन आयोगको कार्यतालिकाअनुसार समानुपातिक उम्मेदवारहरूको सूची परिमार्जन गरी समयमै बुझाइएको हो । उक्त सूचीमा समावेश उम्मेदवारहरू विभिन्न पृष्ठभूमि, क्षेत्र र समुदायको प्रतिनिधित्व हुनेगरी चयन गरिएको पार्टीले जनाएको छ ।
निर्वाचन आयोगले बुझाइएका सूचीहरूको अध्ययन गरी कानुनी प्रक्रिया पूरा भएपछि अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ । आसन्न निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू उम्मेदवार छनोट र दर्ता प्रक्रियालाई तीव्र बनाइरहेका छन् ।