कांग्रेसको विशेष महाधिवेशनअघि ६ स्थानबाट जुलुस निकालिने

कांग्रेसको विशेष महाधिवेशनअघि ६ स्थानबाट जुलुस निकालिने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका पक्षधरहरुले महाधिवेशन उद्घाटन अघि काठमाडौंको विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने भएको छ।

शुक्रबार महाधिवेशनको सन्दर्भमा जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले पत्रकार सम्मेलनगरी भेलाको रुट सार्वजनिक गरेको हो ।
समितिले आइतबार बिहान ११ बजे निर्धारित स्थानमा भेला हुन सबैलाई आव्हान गरेको छ ।

यस्तो छन् निर्धारित रुटहरु
रुट न. १
भेला हुने स्थान–सुन्धारा

 

जिल्लाह – चितवन, अर्धखाची, धवनपुर ,सुदुर पश्चिमका जिल्लाहरु र काठमाण्डौ जिल्लाका निर्वाचन क्षेत्र न ८,९र १० अन्तर्गत पर्ने सबै कार्यकर्ता ।
सुन्धारामा भेला भई विर अस्पताल–रत्नपार्क पुरानो बसपार्क हुँदै भृृकुटीमण्डप पुग्ने ।

रुट न. २
भेला हुने स्थान : रत्नपार्क
जिल्लाहरु– नुवाकोट, रसुवा, धादिङ्

 

रत्नपार्क – पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्ने ।

रुट न. ३
भेला हुने स्थान : पद्मकन्या क्याम्पस

 

जिल्लाहरु– बॉके, बर्दिया जनकपुर, मधेस प्रदेशका जिल्लाहरु,काठमाडौं जिल्लाका निर्वाचन क्षेत्र न ५,६ र७ अन्तर्गत पर्ने सबै नगर, बडा समितिहरु ।

पद्मकन्या क्याम्पस –पुतलीसडक –शंकरदेव क्याम्पस –पद्मोदय –भृकुटीमण्डप पुग्ने ।

रुट न. ४
भेला हुने स्थान ःपद्मोदय –शंकरदेव क्याम्पस

 

जिल्लाहरु– भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्दुपालचोक, सिन्दुली, काठमाडौ जिल्लाका निर्वाचन क्षेत्र न २ र ३ अन्तर्गत पर्ने सबै नगर वडा समितिहरु
शंकरदेव क्याम्पस – पद्मोदय –भृकुटीमण्डप

रुट न. ५
भेला हुने स्थान – कमल पोखरी

 

जिल्लाहरु–काठमाण्डौ जिल्लाका निर्वाचन क्षेत्र न १२४ अन्तर्गत पर्ने सबै नगर, वडा समितिहरु ।
कमल पोखरी – चार खाल अड्डा –डिल्लीबजार –पुतलीसडक– शंकरदेव क्याम्पस पद्मोदय – भृकुटीमण्डप

रुट न. ६

भेला हुने स्थान – कुपण्डोल
जिल्लाहरु – ललितपुर, मकवानपुर
कुपण्डोल– थापाथली, त्रिपरेश्वर–सुन्धारा– विर अस्पताल– रत्नपार्क पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्ने ।