कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिए

कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिए

काठमाडौं। ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन्। घिसिङले मन्त्रालयमा अहिले राति ९ बजे पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन्। जेनजी आन्दोलनको बलमा गठन भएको नागरिक सरकारमा घिसिङ भदौ ३० गते मन्त्री नियुक्त भएका थिए।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन्।