रवि, बालेन र कुलमानले अझै २० वर्ष चुनाव जित्दैनन् : अध्यक्ष ओली

रवि, बालेन र कुलमानले अझै २० वर्ष चुनाव जित्दैनन् : अध्यक्ष ओली

काठमाडाैं। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह, कुलमान घिसिङहरुले अझै बीस वर्ष निर्वाचन नजित्ने दाबी गरेका छन्।

पार्टीमा आवद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन (नेपोन)ले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो जिकिर गरेका हुन्। अध्यक्ष ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि बताए।

उनले एमाले–काँग्रेसले चुनाव जित्ने भए नगराउने भन्ने पनि आफूले सुन्ने गरेको भन्दै आपत्ति समेत जनाए। अध्यक्ष ओलीले बालेन्द्र साहप्रति लक्षित गर्दै केही पनि काम नगरेको मान्छेलाई महान काम गरेको भनेर भन्ने पक्षमा कोही पनि नरहेको बताए।

उनले भने,‘चुनाव भयो भने हामी सहभागी हुन्छौँ। र चुनाव जित्छौं। म सुन्छु–एमाले–काँग्रेसले जित्छ भने चुनाव नगराराउने रे । अनि फलानाले जित्छ भने मात्रै गराउने रे । ती फलाना, फलानाले अब आउँदो २० वर्ष कमसेकम जित्नेवाला छैनन्। के गर्ने त? चुनाव नगराउने २० वर्ष ? अब २० वर्ष तीनले चुनाव जित्नेवाला छैनन् । यो डम्फु बजाउन बेग्लै कुरा हो । के गर्ने त । म फेरि दोहो¥याएर भन्छु–चुनाव गराए एमालेले चुनाव जित्छ ल। अब के गर्ने त ? कि हामीले यो नभनिदिनुपर्ने ? चुनावमा हामीले के भनिदिनुपर्ने ? उहाँहरुले नै जित्नुहुन्छ भनिदिनुपर्ने ? उहाँहरुले अगाडि सारेका प्रधानमन्त्रीलाई यस्तो महान काम गरेको छ, देश बनाएको छ, बाटो हे¥यो, उहाँहरुले अगाडि सारेको मान्छे देखिन्छ, पुल उसैले बनाएको छ । एयरपोर्ट उसले बनाएको छ । कृषिको आधुनिकिकरण उसैले गरेको छ। यो गरेको छ। त्यो गरेको छ। भन्ने कि के भन्ने? ’

अध्यक्ष ओलीले न्यायालयमाथि धम्की आउन थालिसकेको उल्लेख गर्दै यस्तो अवस्थामा कसरी निर्वाचन गराउन सकिन्छ ? भनेर सरकारलाई प्रश्न समेत गरे। सरकारले निर्वाचन गराउने भन्दा पनि अन्यत्र ध्यान दिएको उनको आरोप थियो।