पोखरामा वडाध्यक्षको गाडीमा बम विष्फोट

पोखरामा वडाध्यक्षको गाडीमा बम विष्फोट

कास्की : पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा बम विष्फोट भएको छ । घरमै पार्किङ गरेर राखिएको गाडीमा गएराति साढे २ बजेतिर बम विष्फोट आचार्यले बताए ।

वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः०० बजे बम विष्फोट भएको गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिए । विष्फोटनबाट नजिकैको घरमा समेत क्षति पुगेको छ । । घटनाबारे अनुसन्धान भइरहेको घिमिरेले बताए ।