रास्वपाले सात जनालाई गर्‍यो केन्द्रीय समितिमा मनोनयन

रास्वपाले सात जनालाई गर्‍यो केन्द्रीय समितिमा मनोनयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दलबाट आएका सातजनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।

आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले रञ्जु दर्शना लगायतका सातजनालाई औपचारिक रुपमा मनोनयन गरेको हो ।

केन्द्रीय कार्यालयमा बस्दै गरेको ५८औ केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए ।

मनोनयन भएका केन्द्रीय सदस्य
 

१. समीक्षा बास्कोटा

२. प्रकाशचन्द्र परियार

३. सुरज प्रधान

४. नवराज थापा

५. आशुतोष प्रधान

६. धनेज थापा

७. रञ्जु दर्शना