काठमाडौं। उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।
केन्द्रका विज्ञ राजेश शर्माका अनुसार भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको छ। भूकम्पको धक्का उदयपुर र आसपासका जिल्लामा महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन ।