विशेष महाधिवेशन पक्षधरले भन्यो- हामी फुटको पक्षमा छैनौँ

विशेष महाधिवेशन पक्षधरले भन्यो- हामी फुटको पक्षमा छैनौँ

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिलाई तत्काल विशेष महाधिवेशनको पक्षमा निर्णय लिन माग गरेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगितको घोषणा गरेर विकल्पको रूपमा विशेष महाधिवेशनको बाटो अघि सारेका छन्।

विशेष महाधिवेशन पक्षधरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर केन्द्रीय समिति विशेष महाधिवेशनको निर्णय लिनुपर्ने नेता सुवास पोखरेलले बताए । उनले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको पनि प्रष्ट पारे।

नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको भन्दै पोखरेलले विधान अनुसार निर्णय लिन आग्रह गरे ।