देउवाले कांग्रेस शीर्ष नेतालाई बोलाए छलफलमा

देउवाले कांग्रेस शीर्ष नेतालाई बोलाए छलफलमा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा लागेपछि सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन्।

उनले शुक्रबार बिहान छलफलका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई महाराजगञ्जस्थित निवास बोलाएका हुन्। कार्यवाहक सभापति खड्कानिकट स्रोतले सभापति देउवासँग हुन गइरहेको छलफल पुष्टि गरेको छ।

‘कार्यवाहक सभापति अहिले निवासमै भेटघाटमा हुनुहुन्छ । केहीबेरपछि सभापतिज्यूसँग भेटघाटका लागि जाने तयारी छ,’ स्रोतले भन्यो ।

केन्द्रीय कार्यसम्पादन समितिमा रहेका अर्का नेताको सचिवालयले पनि सभापति देउवाले नेताहरूलाई छलफलका लागि बोलाएको पुष्टि गरेको छ । उनका अनुसार बैठक बिहान ९ बजेपछि बोलाइएको हो।