गगन थापा राजनीतिक प्रतिवेदन तयार पार्न धुलिखेल हानिए

गगन थापा राजनीतिक प्रतिवेदन तयार पार्न धुलिखेल हानिए

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापा सभापति शेरबहादुर देउवासँगको भेट स्थगन् भएपछि धुलिखेल गएका छन् ।

उनी विशेष महाधिवेशनको लागि अघि बढिसकेका छन् । आजमात्रै उनले भृकुटीमण्डपमा विेशष महाधिवेशनको लागि हल बुक गरिसकेका छन् । त्यसको लागि उनी अब राजनीतिक प्रतिवेदनको लेखनको लागि आज काभ्रेको धुलिखेल गएका हुन् ।

थापाले नियमित महाधिवेशनको समय घर्किएकोले अब विशेष महाधिवेशन बाध्यकारी भनेर भनिसकेको अवस्था छ। विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्नेगरि तयारी थालिसकेका छन् । विशेष महाधिवेशन गर्ने सवालमा दुवै महामन्त्री एकै ठाउँमा छन् ।

महामन्त्रीद्धय थापा र विश्वप्रकाश शर्माले आज विशेष महाधिवेशनको तयारीबारे सभापति शेरबहादुर देउवालाई भेटेर जानकारी गराउने भनिएको थियो । तर, अन्तिममा सभापति देउवाले उनीहरुलाई भेट्नकोलागि समय नै दिएनन् ।