थापा र लिङ्देन फेरि मिले, ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर

थापा र लिङ्देन फेरि मिले, ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, १६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच एकीकरण भएको छ । आज (बुधबार) एक कार्यक्रमका बीच राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकताको समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

एकीकृत पार्टीको नाम राप्रपा रहेन र पार्टीको केन्द्रीय अध्यक्ष लिङ्देन रहने समझदारी पत्रमा उल्लेख छ । पार्टीको विधान, झण्डा र चुनाव चिन्ह साविकको राष्ट्रिय प्रजातन्त्र पार्टीको (हलो) कायम रहने बताइएको छ ।