कुलमान र रास्वपाबीच एकता सहमति

कुलमान र रास्वपाबीच एकता सहमति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच कुरा मिलेको छ।

उनीहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन मिलेर लड्ने बताइएको छ। जेन–जी अगुवाको छवि बनाएका हामी नेपाल नामक संस्थाका अध्यक्ष सुदन गुरुङको पहलमा नेतात्रयबीच सँगै मिलेर चुनाव लड्ने सहमति भएको हो।

जेन–जी अगुवा गुरुङको पहलमा रवि, बालेन र कुलमान आज छलफलमा जुटेका थिए। छलफलको निष्कर्ष सार्वजनिक गर्दै सुदनले भनेका छन्, ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि। मिलाएर छाड्यौं र इतिहासले सम्झिने छ। रवि, बालेन र कुलमान च चुनावमा सँगै लड्नेछन्।’