नेकपा र नाउपाबीच एकीकरण

नेकपा र नाउपाबीच एकीकरण

काठमाडौं। पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण हुने भएको छ। नेकपाका संयोज प्रचण्ड र नाउपा अध्यक्ष श्रेष्ठले एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

दुई पार्टीबीच एकीकरणपश्चात पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र चुनाव चिन्ह तारा रहने सहमति पत्रमा उल्लेख छ। दुवै दलबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु स्वतः नेपाली कम्युनिष्ट पार्टीको सदस्य हुने पनि बताइएको छ।

साथै, टीकापुर घटनाका सन्दर्भमा कुनै पनि व्यक्तिलाई प्रतिशोधका आधारमा लगाइएका झुठा मुद्दाको खारेजी र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिने पनि बताइएको छ।