काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूको संयुक्त बैठक बोलाएकी छन्।
प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूलाई संयुक्त बैठकका लागि आह्वान गरेकी हुन्। बैठक शनिबार बस्ने छ।
प्रधानमन्त्रीको सचिवालयकाअनुसार आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र मध्याह्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बैठकको निम्तो दिइसकेका छन्। आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेटेर बैठकको निम्तो दिने कार्यक्रम रहेको बताइएको छ।