बिहीबार सुनको भाउ घट्यो

काठमाण्डौ : सुनको भाउ बिहीबार तोलामा आठ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन बिहीबार तोलाको ८१ हजार पाँच सय रुपैयाँ पुगेको हो । बुधबार पनि सुन तोलामा चार सय रुपैयाँले घटेको थियो ।

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण केही समय यता सुनको भाउ लगातार बढेको थियो । तर अहिले फेरि भाउ घटेको हो ।

विश्व अर्थतन्त्रमा कोरोना भाइरसको असर परेकाले सुनको भाउ बढ्ने र घट्नेबारे यसै भन्न सकिने अवस्था नरहेको महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।