सकियो मेयर बालेनको दिन भरीको राजनीतिक भेटघाट

सकियो मेयर बालेनको दिन भरीको राजनीतिक भेटघाट

काठमाडाैं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ललितपुर तरेको करिब १० घण्टापछि पुनः काठमाडौं फर्किएका छन्।

मेयर साह आफ्ना सहयोगी कुमार बेनको ज्वागलस्थित निवासमा आज दिनभर बसेर केही बेरअघि त्यहाँबाट बाहिरिएका हुन्। ज्वागलमा रहँदा उहाँले नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणका विषयमा दर्जनभन्दा बढी व्यक्तिसँग भेटघाट र छलफल गरे।

सो क्रममा कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, विघटित प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित दर्जनौँ व्यक्तिसँग छुट्टाछुट्टै तर एकै स्थानमा बसेर भलाकुसारी भएको बताइएको छ।

यद्यपि दिनभर चलेका राजनीतिक भेटघाटका क्रममा कसैसँग पनि ठोस सहमति बन्न नसकेको स्रोतले बतायाे ।

विशेषगरी कुलमान घिसिङ, रवि लामिछाने र बालेन साह तीनै जना सम्भावित भावी प्रधानमन्त्रीका रूपमा हेरिँदै आएकाले उहाँहरूबीच स्वार्थ नमिल्दा नयाँ वैकल्पिक शक्तिहरू एक ठाउँमा आउन कठिन देखिएको विश्लेषण गरिएको छ।