एमाले महाधिवेशन- अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता

एमाले महाधिवेशन- अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता

काठमाडौं। नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूआती अग्रता लिएका छन्।
मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५७ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७ मत छ।

यसैगरी महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र पाण्डेले १०८ मत पाएका छ्न । अध्यक्षमा भने केपी शर्मा ओलीको फराकिलो अग्रता छ ।

उपाध्यक्षतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत पाएका छन् ।
उनले १७३ मत पाउँदा पृथ्वीसुब्बा गुरुङले १७१, रामबहादुर थापाले १५३, गोकर्ण विष्टले १३२ र रघुजी पन्तले १२३ मत पाएका छन् ।

यस्तै बिन्दा पाण्डेले ९८, टंक कार्कीले ४३, गुरु बरालले १०९, अरुण नेपालले ३८, भीम आचार्यले २७, पशुराम मेघी गुरुङले ४७ मत पाएका छन् ।