काठमाडौं। नेकपा एमाले को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति मतदान जारी छ। विहान ९ बजेर १० मिनेट जाँदा पहिलो मतदान भएको विद्युतीय भोटिङ मेसिनमा ११ बजेर १० मिनेट जाँदासम्म २०० जनाले मतदान गरेका छन्।
विद्युतीय भोटिङ मेसिनका व्यवस्थापक रामप्रसाद रिमालका अनुसार मतदाताले सुस्त गतिमा मतदान गरिरहेका कारण ढिलाई भएको हो । यही रफ्तारमा मतदान भए अबको १० घण्टामा मतदान सकिने अनुमान रहेको रिमालले बताए।
एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।